इलाकाहरू

सुरु गरौं

इलाका सूची पेटी [1] मा सहर, प्रकाशक, प्रकार वा प्रयोग गरिएको मिति [2] अनुसार इलाकाहरू देखाइने छन्। तपाईं इलाका खटाउन, त्यसको सिमाना देखाउन र ठेगानाद्वारा इलाका भेट्टाउन सक्नुहुन्छ

इलाका प्रबन्धक

तपाईंको इलाकाहरूको व्यवस्थापन सुरु गर्न तल दिइएको कदमहरू चल्नुहोस्:

इलाका म्याप

इलाकामा जूम गर्ने

  1. इलाका सूची पेटीमा एउटा इलाका डबल क्लिक गर्नुहोस्।
  2. म्याप ताजा गरिएको छ र छानिएको इलाकाको पूर्ण सिमा देखाइएको छ।

मण्डलीको इलाकाको पूर्ण सिमामा जूम गर्ने

  1. बटन थिच्नुहोस्
  2. म्याप ताजा गरिएको छ र मण्डलीको इलाकाको पूर्ण सिमा देखाइएको छ।

इलाकाहरू देखाउने/लुकाउने

  1. इलाका देखाउने/लुकाउने बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू बदलेर देखाइनेछ:
    सबै इलाकाहरू देखाउने
    सबै इलाकाहरू लुकाउने
    मात्र छानिएको इलाका देखाउने
  2. म्याप ताजा गरिएको छ र वर्तमान सेटिङअनुसार इलाका देखाइएको छ।

सडकहरू देखाउने/लुकाउने

  1. सडकहरू देखाउने/लुकाउने बटन थिच्नुहोस्। तल दिइएका मोडहरू बदलेर देखाइनेछ:
    सबै सडकहरू देखाउने
    सबै सडकहरू लुकाउने
    मात्र छानिएका इलाकाका सडकहरू देखाउने
  2. म्याप ताजा गरिएको छ र सदकहरू देखाउने सेटिङमा छन्।

मर्करहुरू देखाउने/लुकाउने

  1. मर्कर देखाउने/लुकाउने बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू बदलेर देखाइनेछ:
    सबै मर्करहरू देखाउने
    सबै मर्करहरू लुकाउने
    छानिएको इलाकाको मर्करहरू मात्र देखाउने
  2. म्याप ताजा गरिएको छ र वर्तमान सेटिङअनुसार मर्करहरू देखाइएको छ।

म्याप सम्पदकमा बदल्ने

म्याप समग्री देखाउने र सम्पादन गर्नेमा बदल्न सक्नुहुन्छ।

  1. सम्पदक बदल्ने बटन थिच्नुहोस्। तल दिइएका ढङ्गहरू उपल्बध हुनेछन्:
    देखाउने
    ठेगाना मर्कर सम्पादन गर्ने
    इलाकाको सिमाना सम्पादन गर्ने
  2. छानिएको सुविघाअनुसार विभिन्न काम गर्न सकिन्छ।

ठेगानाद्वारा इलाका भेट्टाउने

  1. खोज्ने ‍क्षेत्र क्लिक गर्नुहोस्।
  2. ठेगाना लेख्नुहोस्।
  3. Enter कि थिच्नुहोस्। म्यापमा मर्करहरूले खोज परिणाम देखाउँछन्।
  4. म्याप क्लिक गरेर इलाका छान्नुहोस्।

इलाकाहरू सम्पादन गर्ने

इलाका थप्ने

  1. बटन प्रयोग गरेर इलाका थप्नुहोस्।
  2. इलाकाको विशेषता सम्पादन गर्नुहोस्।

इलाकाको विशेषता सम्पादन गर्ने

  1. इलाका सूची पेटी वा म्यापमा इलाका छान्नुहोस्।
  2. नं. ‌‍‍क्षेत्रमा इलाकाको नम्बर लेख्नुहोस्।
  3. स्थानीयतामा इलाकाको विशेषता लेख्नुहोस्।
  4. सहर पेटी क्लिक गरेर एउटा सहर छान्नुहोस्।
  5. प्रकार पेटी क्लिक गरेर प्रकार छान्नुहोस्।
  6. तपाईंले टिप्पणी थप्न चाहनुहुन्छ भने टिप्पणी क्षेत्रमा कर्सर राखेर लेख्न थल्नुहोस्।

इलाका हटाउने

  1. इलाकाको सूची पेटीमा एउटा इलाका छान्नुहोस्।
  2. छानिएको इलाका हटाउन  बटन क्लिक गर्नुहोस्।

इलाकाका सिमानाहरू आयात गर्नुहोस्

  1. बटन क्लिक गर्नुहोस्।
  2. इलाका डाटा आयात गर्ने संवादमा इलाकाको सिमाना विकल्प छान्नुहोस्।
  3. बटन क्लिक गर्नुहोस्।
  4. फाइल खोल्ने संवादमा एउटा KML फाइल छान्नुहोस्।
  5. KML फिल्ड मिलाउने पेटीमा फिल्डहरू छनौट गर्नुहोस्। जुन इलाकाको नामवर्णन KML फाइलमा छन्।
    नोट:
    इलाका खटाइएको नाम क्षेत्रद्वारा खोजी गरिन्छ। कुनै पनि इलाका भेट्टाएन भने नयाँ इलाका बनाइनेछ। वर्णन क्षेत्र खटाइएको छ भने सम्बन्धित जानकारी बचत गरिनेछ।
    सावधान:
    यदि अद्धितीय हो भने मात्र त्यो नाम फिल्ड खटाउनुहोस्।
  6. "नाम" द्वारा इलाका भेट्टाएन भने खोजीमा वर्णन फिल्ड पनि समावेश गरेर "वर्णन" द्वारा खोजी गर्ने विकल्प प्रयोग गर्नुहोस्।
    सावधान:
    यदि वर्णन अद्धितीय हो भने मात्र यो विकल्प प्रयोग गर्नुहोस्।
  7. आयात गर्ने बटन क्लिक गर्नुहोस्।
सुझाव:
तपाईं KML फाइल बनाउन गूगल म्याप्स प्रयोग गर्न सक्नुहुन्छ। साइन ईन गरेर म्याप बनाउनुहोस्। पहिलो इलाकाको आकार लेख्नुहोस्। त्यसपछि इलाकाको नम्बर नाम मा लेख्नुहोस्। त्यसको स्थानीयता वर्णन मा लेख्नुहोस्। अन्तमा KML फाइलमा निर्यात गर्ने मेनु सामग्री क्लिक गरेर तपाईंको म्याप बचत गर्न सक्नुहुन्छ।

इलाकाको सिमाना लेख्ने

  1. इलाकाको सिमाना सम्पादन गर्न सम्पादकमा बदल्नुहोस
  2. इलाका सूची पेटीमा वा म्यापमा एउटा इलाका छान्नुहोस्।
  3. बटन क्लिक गर्नुहोस्।
  4. म्यापमा इलाकाको सिमानाभित्र क्लिक गर्नुहोस्। नयाँ इलाका रातो रङ्गमा देखाइनेछ।
    सुझाव:
    जुम इन गर्नुहोस् र छेउका क्षेत्रहरूको कुनाहरूमा स्न्याप गर्नुहोस्। तिनीहरूबीच प्वालहरू हुन नदिनुहोस्। जब तपाईंले सिमाको बिन्दुमा कर्सर सार्नुभयो, स्न्याप गर्न सम्भव छ भने त्यसको संकेत गर्छ।
    नोट:
    तपाईं Escape कि थिचेर लेख्न छोड्न सक्नुहुन्छ र Backspace कि थिचेर एउटा पछाडि फर्कन सक्नुहुन्छ।
  5. सिमा लेखेको समाप्त गर्न म्यापमा दायाँ माउस बटन क्लिक गर्नुहोस्।

इलाकाको सिमाना हटाउने

  1. इलाकाको सिमाना सम्पादन गर्न सम्पादकमा बदल्नुहोस
  2. म्यापको एउटा इलाका छान्नुहोस्।
  3. बटन क्लिक गर्नुहोस्।

इलाका विभाजन गर्ने

इलाका विभाजन गर्ने

इलाकालाई दुई भागमा विभाजन गर्न सकिन्छ। प्रत्येक भागले इलाकाको विशेषताहरुको हकदार हुनेछ (इलाकाको नम्बर बाहेक), जसमा असाइनमेन्टहरूको रेकर्ड छन् अनि त्यसका ठेगानाहरू र सडकहरू, ती कुराहरू नयाँ सिमानाअनुसार विभाजन गरिनेछ।

  1. इलाकाको सिमाना सम्पादन गर्न सम्पादकमा बदल्नुहोस
  2. इलाका सूची पेटी वा म्यापमा इलाका छान्नुहोस्।
  3. बटन क्लिक गर्नुहोस्।
  4. जुन बाटोमा तपाईं इलाका विभाजन गर्न चाहनुहुन्छ, त्यो बाटो [3] मा क्लिक गर्नुहोस्।
    सुझाव:
    इलाका बाहिर सुरु [1] र समाप्त गर्नुहोस् र (सम्भव छ भने) त्यो इलाका कट्नुभन्दा अगाडी अवस्थित विन्दु [2] मा स्नैप गर्नुहोस्। इलाका छोड्नु अघि पनि त्यस्तै गर्नुहोस् [4] ।
    नोट:
    तपाईं Escape कि थिचेर लेख्न छोड्न सक्नुहुन्छ र Backspace कि थिचेर एउटा पछाडि फर्कन सक्नुहुन्छ।
  5. तपाईंले काट्न चाहने क्षेत्रको वरिपरी क्लिक गर्नुहोस् [5] । यो भाग नयाँ इलाका बनाउनको निम्ति प्रयोग गरिनेछ।
  6. सिमा लेखेको समाप्त गर्न वा छानिएको इलाका विभाजन गर्न म्यापमा दायाँ माउस बटन क्लिक गर्नुहोस्।

इलाकाहरू जोड्ने

तपाईं दुई इलाकाहरू जोड्न सक्नुहुन्छ। एक इलाकाको सीमाना, सडकहरू, ठेगानाहरू अर्को इलाकामा थपिनेछन्, तर यो इलाका र असाइनमेन्टको रेकर्ड कायम राखिनेछन्। यदि इच्छा भएमा मेटाउन सकिन्छ।

  1. इलाकाको सिमाना सम्पादन गर्न सम्पादकमा बदल्नुहोस
  2. तपाईं जुन इलाकासाँग जोड्न चाहनुहुन्छ, इलाकाको सूची बाक्स वा म्यापमा त्यो इलाका रोज्नुहोस्।
  3. जुन इलाका छानिएको इलाकासित जोड्न चाहनुहुन्छ, म्यापमा त्यो इलाकालाई दायाँ क्लिक गर्नुहोस्।
  4. छानिएका इलाकाहरू जोड्न यो मेनु सामग्री छान्नुहोस्।